पर्वत जिल्लाको कुल जनसंख्या मध्ये ६० प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित रहेको छ । आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक पशु प्रणालीको प्रचार प्रसार गरि परंपरागत पशुपालनमा आधारित पशुपालन प्रणालीमा सुधार ल्याई व्यवसायलाई व्यवसायमुखि वनाई कृषकको जीवनस्तरमा बृद्वि ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई मध्यनजर राखी जिल्ला देशको आर्थिक वृद्धि विकासमा पनि सहयोग पुगोस् भन्ने अभिप्रायले आ.व. २०३३/२०३४ सालमा जिल्ला पशु सेवा कार्यालयको स्थापना सँगै देशमा संघियता आए सँगै गण्डकी प्रदेश अन्तर्गत वि.स. २०७७ साल पौष ८ गते कार्य क्षेत्र पर्वत हुने गरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको स्थापना भएको हो ।